रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माविको ४८ औं वार्षिकोत्सवको अवसरमा आइतबार बिहान रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रवोध विडारी, नेपाल रेडक्रस सोसाइटी बस्तीपुर उपशाखाका सभापति राजु घलेको पनि आतिथ्य रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । पुस ११ गते हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्रमा अहिले एबी पोजेटिभ समूहको रगत अभाव रहेको प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । अन्य समूहका रगत भने पर्याप्त रहेको उहाँले बताउनुभएको छ ।