हेटौँडाः हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माविका पूर्वविद्यार्थीको भेला भएको छ । शनिबार बिहान विद्यालय परिसरमै भएको भेलाले पूर्वविद्यार्थी समूहको तदर्थ समिति गठन गरिएको छ ।
भेलाले दिलबहादुर स्याङ्बोको संयोजकत्वमा ९ सदस्यीय पूर्वविद्यार्थी समूह गठन गरिएको छ । भेलाले सचिवमा राजेन्द्र थापा, सदस्यमा राजेश नगरकोटी, बगान सिंह थिङ्ग, बीर बहादुर श्रेष्ठ, सुरेश कुमार स्याङ्बो, मनोज मोक्तान, उद्धवप्रसाद गौतम र फेन्चु लामा चयन हुनुभएको छ ।
भेलाले कार्तिक ३० गते भाईटीकाको भोलिपल्ट हेटौंडा–१२ स्थित शहिद लखन बाटिकामा पूर्वविद्यार्थीको वृहत भेलासहित वनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ । पछिल्लो समय सामुदायिक विद्यालयका पूर्वविद्यार्थी भेला भई विद्यालयको शैक्षिक सुधारमा योगदानमा आफ्नो भूमिकाको खोजी गर्ने क्रम बढेको छ । वडा दसैंलाई पूर्वविद्यार्थीहरुले पुनर्मिलनको अवसरको रुपमा सदुपयोग गर्दै आएका छन् ।