कार्यसमिति गठनपश्चात सामुहिक तस्बिर ।

हेटौंडाः नेपाल सितोरियो कराते संघको नगर कमिटी गठन गरिएको छ । शुक्रबार हेटौंडा–४ स्थित परिजातपथमा रहेको बहुद्देश्यीय कभर्ड हलमा आयोजित कार्यक्रममा कमिटी गठन गरिएको हो ।

नेपाल सितोरियो कराते संघको जिल्ला अध्यक्ष विकास बानियाँको अध्यक्षता तथा नेपाल कराते महासंघ जिल्ला उपाध्यक्ष भुवन खनालको रोहवरमा ११ सदस्यीय संघको नगर कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा दामोदर दहाल, उपध्यक्ष प्रशान्त पाठक, सचिव विकास श्रेष्ठ र कोषाध्यक्ष प्रमिला तामाङ ठकुरी चयन हुनुभएको छ । यस्तै, सदस्यमा डेबिटबहादुर तामाङ, दिवस तामाङ, राजेन्द्रराज लो, समर न्यौपाने, राजन राना मगर, दीपक लामा र रुपम लामा चयन हुनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाबाट जिल्ला प्रतिनिधिहरु ५ जना छनौट गरिएको छ । दीपक लामा, रुपक लामा, प्रमिला तामाङ ठकुरी, दामोदर दहाल र विकास श्रेष्ठलाई जिल्ला प्रतिनिधिमा चयन गरिएको छ ।

मकवानपुर जिल्ला कराते प्रशिक्षक तकेन्द्रमान श्रेष्ठ, मुकुन्दमान श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र नगरभित्रका विभिन्न कराते डोजोबाट कराते प्रशिक्षक तथा खेलाडीहरुको उपस्थितिमा कमिटी गठन गरिएको नेपाल सितोरियो कराते संघका सचिव विकास श्रेष्ठले जानकारी दिनुभयो