वक्तृत्वकलामा विजयी विद्यार्थीलाई पुरस्कार वितरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगितामा हेटौँडा क्याम्पसकी सविता दंगाल सर्वोत्कृष्ट भएकी छिन् ।

‘बालशोषणमुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका’ विषयक् वक्तृत्वकला प्रतियोगितामा वंशगोपाल माविकी प्रशिक्षा तिमल्सिना द्वितीय र सिद्धार्थ माविकी सीता बर्तौला तृतीय भएका छन् भने वंशगोपाल माविकी प्रेक्षा तिमल्सिनाले सान्त्वना पुरस्कार पाएकी छिन् । वक्तृत्वकला प्रतियोगिता अनेरास्ववियु वंशगोपाल क्याम्पस कमिटीले आयोजना गरेको हो । प्रतियोगितामा सिद्धार्थ मावि, वंशगोपाल मावि, हेटौँडा क्याम्पस र वंशगोपाल बहुमुखी क्याम्पसका विद्यार्थी सहभागी थिए ।