मानवसेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ औं स्थापना दिवसको अवसरमा मंगलबार हेटौँडा–९ स्थित मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । आश्रममा आश्रितको सेवाका लागि सहकारीले खाद्यान्न सहयोग गरेको हो ।

सहकारीका व्यवस्थापक प्रकाश बहादुर खनालका अनुसार सहकारीकी अध्यक्ष जानकी चौधरीको नेतृत्वमा सहकारीका पदाधिकारी र कर्मचारीको समूह आश्रममै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । सहकारीले ४ बोरा चामल, एक बोरा आलु, एक बोरा प्याजसहित खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । यस्तै सहकारीकी अध्यक्ष चौधरीले आश्रम परिसरमा वृक्षरोपण समेत गरिएको छ ।

२०५८ सालमा ४८ जना सेयर सदस्यको ४८ हजार रुपैयाँ पुँजीबाट सुरुवात गरिएको सहकारीमा अहिले ३ करोड २९ लाख ७८ हजार रुपैयाँ सेयर पुँजी पुगेको छ । ३ हजार ३ सय ३४ जना सेयर सदस्य रहेको सहकारीको बचत २४ करोड ९६ लाख ६० हजार रुपैयाँ छ भने ऋण लगानी २३ करोड ६६ लाख २३ हजार रुपैयाँ रहेको छ ।