हेटौँडाः नेकपा एमालेका नेता स्वर्गीय मदन भण्डारीको ७२ औं जन्मदिनको सन्दर्भमा मदन भण्डारी फाउण्डेशन मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिहिबार हेटौँडामा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौँडामै रक्तदान कार्यक्रम भएको हो ।
यसअघि असार ३ गते कमानेमा भएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए । मंगलबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए भने बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा ४४ जनाले रक्तदान गरेका थिए । असार महिनामा मात्रै १ सय २९ पिन्ट रगत सङ्कलन भएको रक्तसञ्चार केन्द्र हेटौँडाले जानकारी दिएको छ । शुक्रबार मोवाइल एसोसिएसन मकवानपुरले, शनिबार लायन्स क्लब अफ मकवानपुर हेल्पडेस्कले र सोमबार औषधी व्यवसायी संघ मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पछिल्लो समय नियमितरुपमा रक्तदान कार्यक्रम भइरहेको छ ।











