हेटौँडाः मकवानपुरको प्रमुख जिल्ला अधिकारी फेरिने भएको छ । गृह मन्त्रालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गर्ने निर्णय गरेको छ भने मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सूर्य सेढाईँलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
सेढाईँ खोटाङको प्रमुख जिल्ला अधिकारीबाट मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसहित सरुवा भएको हो । अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको बताइएको छ ।










