साहित्य महोत्सवको तस्वीर ।

हेटौंडाः मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको आयोजनामा हेटौंडा साहित्य महोत्सव–२०८० सुरु भएको छ । शुक्रबारदेखि दुई दिवसीय हेटौंडा साहित्य महोत्सव–२०८० सुरु भएको हो । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख आतिथ्यमा महोत्सव सुरु भएको हो ।

मेयर लामाले महोत्सवलाई सम्बोधन गर्नुहुँदै महोत्सवले कलाका लागि हेटौंडा आउनुपर्छ भन्ने कुरा चिनाउन सहयोग पुग्ने बताउनुभयो । साहित्यलाई प्राविधिमैत्री हुनुपर्ने उहाँको भनाइ । यस्तै साहित्य प्रज्ञा प्रतिष्ठानको निर्माणका लागि कार्यान्वयनको चरणमा पुगेको जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा महोत्सव सुरु भएको हो । दुई दिवसीय महोत्सवमा हेटौंडाको विकासको बहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रर्दशनी, आदिवासी जनजातिका कथा लगायतका विषय बहस गरिनेछ । मकवानपुरे साहित्यमा २०४४ सालदेखि क्रियाशिल संगमले पहिलो पटक साहित्यिक महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा बागगमती प्रदेशसहित देशका विभिन्न स्थानबाट साहित्यकारहरुको सहभागिता रहेको छ । सोही अवसरमा संगमले मकवानपुुर साहित्य श्री सम्मान २०७९ का लागि मकवानपुरमा रहि साहित्यकार÷गीतकार शम्भु बास्कोटालाई प्रदान गरिँदै छ। जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यो सम्मान तत्कालिन जिविस मकवानपुरले दुुई लाख राशीको अक्षयकोष मार्फत् स्थापना गरिएको थियो । यस्तै, हास्यव्यङ्गयकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले दुुई लाख पचास हजारको अक्षयकोष स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान २०७९ साहित्य लेखन, पत्रकारिता, व्यङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत सञ्जय साहलाई प्रदान गरिँदैछ । यसको राशी २१ हजार १स य ११ रुपैयाँ रहेको छ ।

यसैगरी,हास्यव्य्ग्यका आरसी रिजालले आफ्नो आमाको स्मृतिमा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार यसवर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिँदै छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुुरस्कार ९ देखि १२ कक्षामा अध्ययनरत छात्राहरु बीच चित्रकला प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष साहित्य तथा कलाका फरकफरक विधामा प्रतियोगिता गराइ यो पुरस्कार प्रदान गरिदै आइरहेको छ । यस्तै शिक्षासेवी डेण्डीजंग शाहले आफ्ने दिवंगत छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार यसवर्ष बालजागृति सेकेन्डरी बोडिंग स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गरिँदैछ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्रछात्राहरु बीच कथा प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष साहित्यको कथा विधालाई यो पुरस्कार प्रदान गरिदै आइरहेको छ ।

यसैगरी, साहित्यकार विशाल अधिकारी (आशुतोष) ले आफ्नो पिताको सम्झनामा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यस वर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिँदैछ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हाल अमेरिका निवासी दीपक मुडभरीले आफ्नो मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी– मदन मुडवरी स्मृति सम्मान २०७९ का लागि साहित्यकार पूर्णकला घिमिरेलाई गरिँदैछ । यसको राशी दश हजार रुपैयाँ रहेको छ ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान–२०७९ का लागि मकवानपुरमा जन्मेर काठमाडौँ कर्मथलो बनाइ साहित्यमा सक्रिय स्रष्टा विना थिङलाई प्रदान गरिँदैछ । जसको राशी दश हजार रुपैयाँ रहेको छ । यसैगरी, साहित्यसेवी मुुक्तिगाविन्द वैद्य र उनकी धर्मपत्नी तारादेवी वैद्यले स्थापना गरेको मुक्ति–तारा सम्मान २०७९ का लागि सुत्रकथाकार श्यामकृष्ण ज्ञवाली (एस. के निधन) लाई प्रदान गरिँदैछ । जसको राशी दश हजार रुपैयाँ रहेको छ ।

यस्तै,हाल अस्टेलिया बसोबास गर्दै आएका साहित्यकार जेनन नेपाल र शर्मिला दुुलालले आफ्नो हजुरआमा हजुरबुुबाको स्मृतिमा स्थापना गरेको डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०७९ का लागि साहित्यकार मनुु मञ्जिललाई प्रदान गरिँदैछ । जसको राशी २२ हजार २सय २२ रुपैयाँ रहेको छ । यो सम्मान पहिलोपटक प्रदान गर्न लागिएको हो । सङ्गमका संस्थापक मध्येका एक साहित्यकार केशव श्रेष्ठ ‘ज्योति’ ले साहित्य संगम मकवानपुरको नाममा स्थापना गरेको साहित्य संगम मकवानुर स्मृति कृति सम्मान–२०७९ का लागि कथा संग्रह अपरिचित अनुहारका लागि साहित्यकार साहित्यकार महेश पौडेललाई प्रदान गरिँदैछ । जसको राशी २५ हजार रहेको छ । यसै वर्षबाट प्रदान गरिन लागेको यस सम्मानका लागि २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरुबाट छनोट गरिएको हो ।

यसैगरी, साहित्यकारद्धय ऋषि के.बी र पुुण्यशिला श्रेष्ठले आफ्नो मातापिता÷सासुुससुुराको नाममा स्थापना गरेको रामहरि–देवु युवा सम्मान–२०७९ का लागि साहित्यकार÷कवि छवि अनित्यको लागि प्रदान गरिँदैछ । यस वर्षदेखि प्रदान गर्न लागिएको सम्मानको राशी दश हजार रहेको छ । महोत्सव शनिबारसम्म हुनेछ ।