हेटौंडाः मकवानपुरको इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । ईन्द्रसरोवर गाउँपालिका–१, मार्खुस्थित ईन्द्रसरोवर तालमा ढुङ्गा सयर गर्नेक्रममा डुबेर काठमाडौंको छैमलेका ३३ वर्षीय राज कुमार सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
डुंगामा चडी ताल घुम्ने क्रममा डुङ्गामा ज्याकेट र जुत्ता, मोबाईल छोडी तालमा हामफाली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएका सुवेदीको खोजी कार्य भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।