अम्पायर (बीचमा) को साथमा मकवानपुर (बायाँ), चितवन (दायाँ) जिल्ला क्रिकेट टिमका कप्तान ।

हेटौंडाः चितवन र मकवानपुर जिल्लाको क्रिकेट टिमबीच दोस्रो मैत्रीपूर्ण खेल सुरु भएको छ । मंगलबार बिहान १० बजेबाट सुरु भएको खेलमा टस जितेर चितवनले व्याटिङ गरिरहेको छ ।

चितवन र मकवानपुरबीच तीन एकदिवसीय मैत्रीपूर्ण खेल सोमबारबाट हेटौंडाको हुप्रचौरमा सुरु भएको हो । पहिलो खेलमा चितवनले मकवानपुरलाई ६ विकेटले पराजित गरेको छ । सोमबार टस जितेर मकवानपुरले व्याटिङ गरेको थियो । निर्धारित ४० ओभरको खेलमा २८ ओभर २ बलमा ११८ रन जोडेको मकवानपुरलाई चितवनले जवाफी व्याटिङ गर्दै २५ ओभर ५ बलमा लक्ष्य भेट्टाएको थियो ।

मकवानपुरको कप्तानी सुमन सुनारले गरेका छन् भने चितवनको कप्तानी दिपेश श्रेष्ठले गरेका छन् । तीन एकदिवसीय मैत्रीपूर्ण खेलको अन्तिम खेल बुधबार हुनेछ । मकवानपुर जिल्लाले चितवनसँगै बारा, पर्सा, रौहतटसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ ।