हेटौंडाः राष्ट्रिय भूमि अधिकार मन्च हेटौंडा नगर अध्यक्षमा गोविन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ ।
हेटौंडामा भएको प्रथम नगर अधिवेशनले नगर अध्यक्ष पदमा न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरी उपाध्यक्षमा टिकाप्रसाद भट्टराई, सचिवमा ज्ञानबहादुर थिङ, सहसचिवमा रुकमणी तिमल्सिना, कोषाध्यक्षमा अनुपा घलानलाई चयन गरेको छ । यसैगरी सदस्यहमा जमुना राई, कृष्ण बल, सोमबहादुर थोकर र दुर्गादेवि न्यौपाने पौडेल चयन हुनुभएको छ। मन्चका जिल्ला सदस्य बिष्णु आचार्यको सभाध्यक्षतामा भएको अधिवेशनमा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य गोपिनी सापकोटाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।
कार्यक्रममा मन्चका जिल्ला अध्यक्ष यज्ञबहादुर श्रेष्ठ , जिल्ला सदस्य देवकृष्ण थोकर , टोल विकास संस्था वडा समन्वय समितिका हेटौंडा ११ अध्यक्ष यज्ञबहादुर आचार्यको पनि आतिथ्य रहेको थियो ।