हेटौंडाः हेटौंडा–९ स्थित पशुपतिनगरमा मंगलबारबाट वडास्तरीय प्रथम मोहन श्रेष्ठ स्मृति ८ ‘ए’ साडइ भेट्रान्स कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । शुक्रबार पत्रकार सम्मलेन गरी आयोजक पशुपति युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले क्बलका पूर्वकोषाध्यक्ष, खेलाडी तथा रेफ्री मोहन श्रेष्ठको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १३ वटा वडाका क्लबको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा २, ४, ५, ६, ७, ८, ९, १०, ,१४, १५, १६, १७ र १८ नम्बर वडाका टिमको सहभागिता रहनेछ ।
हेटौंडा औद्योगिक क्षेत्रको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–१८ र हेटौंडा–७ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको आज शनिबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले उद्घाटन गर्नुहुनेछ ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५ हजार ५ सय ५५ र उपविजेता हुने टिमले ५५ हजार ५ सय ५५ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार ५ सय ५५ रपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल मंगलबार हुने जनाइएको छ ।