हेटौंडाः नेपाल शिक्षक संघ मकवानपुर जिल्ला समितिको अध्यक्षमा गणेशप्रसाद हुमागाई निर्वाचित हुनुभएको छ । शुक्रबार सुरु भएको नवौं जिल्ला अधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा अध्यक्षसहित केही पदाधिकारी र सदस्यमा सहमति भए पनि केही पदमा अझै सहमतिको प्रयास भइरहेको छ ।
हेटौंडा–२ स्थित सिद्धार्थ माविमा निमावि तह द्वितीय श्रेणीका शिक्षक हुमागाई यसअघि शिक्षक संघ मकवानपुर जिल्ला समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँसँगै सचिवमा श्रीराम लुइटेल र सहसचिव मोहनराज लामालाई चयन गर्ने सहमति भएको अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । अध्यक्ष, सचिव र सहसचिवसँगै केही सदस्यमा पनि सहमति भएको र सवै पदमा सर्वसम्मत गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।