साङ्केतिक तस्विर

हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट नदिमा हाम्फालेकी एक महिलाको उद्दार गरिएको छ । अन्दाजी ४५ वर्षीय महिला नदिमा हामफाल्न लागेको खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर उद्दार गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नदिबाट हामफाल्ने अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–३ की ४५ वर्षीया कृष्णकला आचार्य रहेको प्रहरीले जनाएको छ । आचार्यको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।