सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–१५ चुरीयामाइमा गएराती बस दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार झापाको दमक–५ बस्ने ६० बर्षीय दिल्लि बहादुर दर्जी र मोरङ जिल्ला बेलबारी–८ का कल्पना राजबंशीको रहेको र अरु ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता डिएसपि टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

चुरियामाई स्थित पुर्व–पश्चिम सडक खण्डमा काठमाण्डौ बाट दमक तर्फ जादै गरेको ना ७ ख २०३२ नम्बरको रात्री बस आफै अनियन्त्रित भई नालिमा खस्न गई दुर्घट्ना भएको हो । घाइते ३६ जना मध्ये दुइ जनालाई काठमाण्डौंको बिएण्डबी अस्पताल, तीन जनालाई चितवनको पुरानो मेडिकल कलेज, एक जनाको हेटौंडा अस्पताल र एक जनाको हेटौंडाको सन्चो अस्पतालमा उपचार भइरहेको छ । अरु २९ जनाको हेटौंडाका बिभीन्न अस्पतालमा उपचारपछी घर फर्किएको कार्कीले जानकारी दिनुभयो । बसमा ३८ जना सवार रहेका थिए । बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले कार्कीले बताउनुभयो ।