हेटौंडाः मनहरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष तथा नेकपा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य मनिला विष्ट नेकपा एमालेमै फर्किनुभएको छ । सोमबार विष्टसहित एकीकृत समाजवादीका जिल्ला सदस्य र गाउँपालिका कमिटी सदस्यसहित करिब दुई दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो।मनहरीमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै विष्टले भइरहेको पार्टी फुटाएर नयाँ मान्छेलाई ल्याएर पार्टी बनाउनु सहज नहुने बताउनुभयो । विभाजनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाएका भन्दै विष्टले पुरानै घर फर्किएर पार्टीलाई बलियो बनाउन उचित भएकाले एमालेमा फर्किएको बताउनुभयो ।
विष्टसँगै नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्यहरु बालमुकुन्द ढकाल, शिशुपाल बस्नेत, पानीमीरा राना, अप्सरा ढुंगाना र ईन्द्रकुमारी मिजार एमाले प्रवेश गर्नुभएको छ । यस्तै, समाजवादीको मनहरी गाउँपालिका कमिटी सदस्यहरु बासु पौडेल, शिव बिंडारी, बुद्विमाया रूम्बा र सविता सुनार पनि एमाले प्रवेश गर्नुभएको छ । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य गोविन्द बर्ताैला, शनिस लो, अनुजा गुरुङ, रेजिना ढकाल, अनेमसंकी गोमा लम्साल, कविता रुम्बा लगायत एमाले प्रवेश गरेको नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नवीन सुवेदीले जानकारी दिनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना लगायतका नेताहरूले खादा लगाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्त पौडेल, जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, जिल्ला सचिवालय सदस्यहरू मदन दाहाल, हेमलाल उप्रेती, जिल्ला सदस्यहरू गौतम लामा, विमला कार्की, सरला बोलखे, रविराज उप्रेती, बाबु थिङ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सहइन्चार्ज सन्तोष चौलागाई, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती लगायतको उपस्थिति रहेको थियो ।