हेटौंडाः हेटौंडा—१८ हर्नामाडीमा रहेको ज्योति माध्यामिक विद्यालयको ५६ औं विद्यालय स्थापना दिवसको अवसरमा बुधबार वृक्षरोपण गरिएको छ । स्थापना दिवसको अवसरमा विद्यालय परिसरमा ७ वटा एभोकाडोको विरुवा रोपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले बताउनुभयो ।
विद्यालयले ५० वटा एभोकाडोको विरुवा रोप्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । ज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्ष तथा हेटौंडा—१८ का वडाध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।