विरोध खतिवडा । फाइल तस्वीर ।

हेटौंडाः संघीय सरकारमा मकवानपुरका विरोध खतिवडाको मन्त्री पद गुमेको छ । पार्टीले फिर्ता बेलाउने निर्णय गरेसँगै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री रहनुभएका विरोध खतिवडाको मन्त्री पद गुमेको छ ।

आइतबार नेकपा एकीकृत समाजवादी पार्टीले संघीय सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने खतिवडासहित सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेर नयाँ नाम पठाएको छ । पार्टीले भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिने निर्णय गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको छ ।

यस्तै जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने बताइएको छ । यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् । यसअघि पर्यटनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।