राजन दंगाल

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ को वडा अध्यक्षमा नेकपा एमालेका राजन दंगाल विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मतगणनाअनुसार १ हजार १ सय ११ मतसहित दंगाल दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा विजयी भएका हुन् ।

वडा अध्यक्षका आकांक्षी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर नेपालले ७ सय ८९ मत पाउँदा नेपाली कांग्रेसका गोविन्द प्रसाद तिमल्सिनाले ६ सय ५६ मत पाए । वडा सदस्यमा पनि सबै नेकपा एमालेका उम्मेदवार नै विजयी भएका छन् । वडा सदस्यमा सावित्री सुनार, जिरा कुमारी दाहाल, गंगे न्यासुर र विजय कुमार भोलन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बकैया–४ बाट गाउँपालिका अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका धर्मराज लामिछानेले १ हजार ३ सय ९० मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार सरला बोलखेले ९ सय ४९ मत पाएका छन् । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर खत्रीले १ हजार ४ सय ३१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार लालबहादुर स्याङ्तानले ९ सय ५४ मत पाएका छन् ।

बकैया गाउँपालिकाको १२ वटा वडा मध्ये १० वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा अध्यक्षका उम्मेदवार लामिछानेले ९ हजार ३ सय ४३ मत पाएका छन् भने बोलखेले ५ हजार ४ सय ८१ मत पाएका छन् । यस्तै उपाध्यक्षमा खत्रीले ७ हजार ९ सय ९८ मत पाउँदा स्याङ्तानले ९ हजार ९ सय २६ मत पाएका छन् ।

यसअघि बकैया–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशिष तितुङ, बकैया–२ मा नेकपा माओवादी केन्द्रका विश्वराज स्याङ्तान, बकैया–६ मा नेकपा एमालेका उम्मेदवार फुलबहादुर भोम्जन, बकैया–७ मा नेकपा माओवादी केन्द्रका मानबहादुर सिन्तान, बकैया–८ मा नेकपा माओवादी केन्द्रका विष्णु नेगी, ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चन, बकैया–१० मा नेपाली कांग्रेसकी कमला वाईबा, बकैया–११ मा नेपाली कांग्रेसका गोपाल बहादुर नेसुर, बकैया–१२ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाई वडा अध्यक्षमा निर्वाचित भइसकेका छन् । अब बकैया गाउँपालिकाको ४ र ५ नम्बर वडाको मतगणना गर्न बाँकी छ ।