हेटौंडाः स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा आज निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई आचारसंहिता, २०७८ को पालना सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको अध्यक्षता र जिल्ला प्रशासन कार्यालयका प्रमुख भरतमणि पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको पनि उपस्थिति रहेको थियो । हेटौंडा–२ स्थित अफिसर्स क्लबको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।