हेटौंडाः आज ४ बजेको समयमा हेटौंडा १९ नेवारपानी स्कुल चोक स्थित पुर्व पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मोरङ उर्लाबारीबाट काठमाण्डौ तर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ ख १३६५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा हेटौंडा १९ नेवारपानीका ७३ वर्षीय मान बहादुर ढकालको मृत्यू भएको छ ।
बसले ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि हेटौडा अस्पताल पठाईएको थियो । हेटौडा अस्पताल पुग्नासाथ पौने ५ बजेको समयमा डाक्टरले ढकाललाई मृत घोषणा गरेको हो । बस र बस चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।