हेटौंडाः हेटौंडा उपमहानगरपालिका १९वटै वडाका २५ जना स्वास्थ्यकर्मीहरुलाई दिइएको ३ दिने प्रशिक्षण तालिम मंगलबार सकिएको छ । ३ दिने अभिमुखीकरणमा नाक, कान, घाटी, मुखको समस्याबाट बच्न बिरामीको उपचार र परामर्श गराउन उदेश्यले तालिमको आयोजना गरिएको स्वास्थ्य निरीक्षक प्रल्हाद कालाखेतीले जानकारी दिनु भएको छ ।

उँहाका अनुसार विश्वमा आँखाको अन्धोपन र कानको बहिरो पन भएका मानिसहरुको संख्या बढ्दो छ । आँखा र कानको समस्याबाट बचाउन स्वास्थ्य संस्थाका नर्स स्टाफ, स्कुल हेल्थ नर्स, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको उँहाले बताउनुभयो । सामाजिक विकास महाशाखाको स्वास्थ्य शाखाद्धारा आयोजित स्वास्थ्यकर्मीलाई तालिममा डा. सुनिल थवालि, कृष्ण राज ढुङ्गानाले प्रशिक्षण दिनु भएको थियो ।