हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानप्रको १३औ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । शुक्रबार हेटौंडामा भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संगठन मकवानपुरको अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै, कार्यक्रममा शिक्षक बचत हित सहकारी अध्यक्ष्य सिताराम दाहालले २०२६ सालमा भएको शिक्षक आन्दोलनले वर्तमान समयमा शिक्षण पेसामा सकारात्मक उपलब्धि प्राप्त भएको बताउनुभयो । नयाँ पुस्तालाई हस्तान्तरण र आकर्षक पेसाको रुपमा शिक्षण पेसा रहेको उँहाले दाबी गर्नुभयो । साथै हेटौंडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नबिन सिग्देलले शैक्षिक परिवर्तनको हिसाबले फराकिलो रहेको बताउनुभयो । समाजलाई आगाडी बढाउन शिक्षकको महत्वपुर्ण भुमिका रहेको भन्दै उहाँले विभिन्न क्षेत्रबाट पठन पाठन र भौतिक संरचना राम्रो रहेको बताउनुभयो । शिक्षकको अधिकारको बिषयमा सरकारी विद्यालय आगाडी बडेकोे बताउनुभयो । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।