हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति हेटौंडाले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुक्रबार माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । हाजिरीजवाफ प्रतियोगितामा हेटौंडा ३ बसामाडीको महेन्द्र किरण माध्यामिक विद्यालय प्रथम भएको छ ।
यस्तै, प्रतियोगितामा हेटौंडा १३ पदमपोखरीको महेन्द्र माध्यामिक विद्यालय द्वितीय, हेटौंडा १६ को त्रिभुवन माध्यामिक विद्यालय तृतीय र हेटौंडा १९, नेवारपानीको अरनिको माध्यामिक विद्यालय सान्त्वना भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा १७ वटा विद्यालयको सहभागिता रहेको थियो ।
कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमको प्रमुख आतिथ्यता तथा शिक्षा विकास महाशखा हेटौंडा उपमहानगरपालिकाका प्रमुख गंगाधर रिमालको विशिष्ठ आतिथ्यता भएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सचिवालय सदस्य मोहन प्रसाद शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहाल, उपाध्यक्ष लक्ष्मी गजुरेल तथा नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकालको लगायतको आतिथ्यता रहेको थियो ।