तस्बिर google.com ।

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट लागुऔषधसहित दुईजना पक्राउ परेको छ । लागुऔषध ब्राउन सुगर ७ ग्राम ६ सय मिलिग्रामसहित मकवानपुर प्रहरीले हेटौंडा–१० कर्राका २२ वर्षीय थिल्ले लामा तामाङ र हेटौंडा–४ का २६ वर्षीय अजय घलेलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको नियमित बुलेटिनमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सुरक्षाजाँच गर्नेक्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा १९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार थिल्ले र अजयलाई शनिबार दिउँसो प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।