चित्रः गुगल ।

हेटौंडाः मकवानपुरमा आइतबार २ जनामा कारोना संंक्रमण पुष्टि भएको छ । २४ घण्टामा १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

हाल संस्थागत आईसोलेसनमा उपचारत संख्या शुन्य छन् भने १९ जना होम आईसोलेसनमा उपचारत रहेको छ । जिल्लामा १९ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यलयले जनाएको छ ।