नवनिर्वाचित समितिका पदाधिकारीहरु ।

हेटौंडाः अधिकृत विक्रेता व्यवसायी संघ मकवानपुरको ११ औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट पवन अग्रवालको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।

शुक्रबार र शनिबार नवलपरासी जिल्लाको रजहरमा भएको अधिवेशनबाट उपाध्यक्षमा अमित कुमार श्रेष्ठ, महासचिवमा राजेन्द्र लामिछाने, सचिवमा अंकित खतिवडा, कोषाध्यक्ष सुदर्शन पाठक चयन भएका छन् । यस्तै सदस्यमा दिपेश मणि भण्डारी, राजेश्वर श्रेष्ठ, निरोज कुमार श्रेष्ठ, पंकज बनियाँ र पुजा अग्रवाल चयन भएका छन् ।

अधिवेशनअघि साधारणसभाको उद्घाटन कार्यक्रम संघका अध्यक्ष विष्णु दाहालको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यको प्रमुख आतिथ्य रहेको थियो । अधिकृत विक्रेता व्यवसायी संघ मकवानपुरमा ७२ जना व्यवसायी सदस्य छन् ।