फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा सोमबार १४ जनाले स्वाब संकलन गराएका छन् । ६ जना महिला र ८ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वस्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।

संंकलित स्वाब हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको पनि निरीक्षक चौलागाईले जानकारी दिनुभयो ।