हेटौंडाः नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय फिर्ता गर्न माग गर्दै हेटौंडामा विद्यार्थीले प्रदर्शन गरेका छन् । बुधबार साँझ हेटौंडाको बुद्धचोकमा सरकारविरुद्ध प्रदर्शन गर्दै नेकपा एमालेसम्वद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।
अखिल मकवानपुरले आयोजना गरेको विरोध प्रदर्शनमा ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’, ‘अर्थ मन्त्री राजीनामा दे’ भन्दै नारावाजी समेत गरेका थिए । नेपाल आयल निगमले मंगलबार रातीदेखि लागूहुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैया“ मूल्यवृद्धि गर्ने निर्णय गरेको छ । महंगोमा खरिद गर्नुपरेको भन्दै निगमले मूल्यवृद्धि गर्नुपरेको दावी गरेको छ ।