हेटौंडाः कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको समयमा सार्वजनिकस्थानमा मास्क नलगाउने ११ जनालाई मकवानपुर प्रहरीले कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट समेत खटिएको प्रहरी टोलीले मास्क नलगाई सार्वजनिकस्थानमा हिँड्डुल गर्ने ११ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही १ सय रुपैयाँका दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन बमोजिम मकवानपुर प्रहरीले सोमबारदेखि १ सय ८१ जनालाई जरिवानासहित कारवाही गरिसकेको छ ।