हेटौंडाः मकवानपुरमा बुधबार सार्वजनिक स्थलमा मास्क नलगाई हिँडडुल गर्ने ७१ जनालाई जरिवाना गरिएको छ । सार्वजनिक स्थलमा मास्क नलगाई हिँडडुल गर्नेलाई जनही एक सय रुपैयाँका दरले जरिवाना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयसमेतबाट खटिएको प्रहरीले टोलीले मास्क नलगाई हिँडडुल गर्नेलाई जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । सोमबारबाट जिल्लामा सार्वजनिक स्थलमा मास्क नलगाई हिँडडुल गर्नेलाई जरिवाना गर्न सुरु गरिएको हो ।