रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षता तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष रामहरि न्यौपानेको पनि उपस्थिति रहेको थियो ।