हेटौंडाः हेटौंडा भेट्रान्स क्लबको आयोजनामा जारी आठ ए साइट फुटबल प्रतियोगितामा बिहानी क्बल फरेष्ट्री हेटौंडाले विजय सुरुवात गरेको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा भएको खेलमा बिहानीले सानो गौचरण नाइट किङ्लाई ट्राइब्रेकरमा ३–२ गोलले पराजित गरेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । यस्तै अहिले दास्रो एबीसी पोखरा र काल भैरव क्लब हेटौंडा बीच प्रतिस्पर्धा भइरहेको आयोजक समितिका ज्ञानु श्रेष्ठ जानकारी दिनुभयो ।