हेटौंडाः बालिकालाई वलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको सोमबार बसेको इजलाशले हेटौंडा उपमहानगरपालिका–१५ का २६ वर्षीय निसान भन्ने सोमबहादुर थिङलाई १३ वर्षीया बालिका वलात्कर गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
अदालतले बालिकालाई पीडकबाट एक लाख रुपैयाँ क्ष्ँतिपूर्ति भराउने आदेश पनि जारी भएको छ । थिङले २०७७ कार्तिक ७ गते राती बालिकालाई आफ्नै घरमा ल्याएर वलात्कार गरेका थिए । बालिका पढ्नका लागि फुपुको घर बस्दै अँएकी थिइन । फुपु र थिङको घर नजिकै रहेको छ । उनले बालिकालाई विवाह गर्छु भनेर फकाएर वलात्कार गरेका थिए । थिङको पत्नी रोजगारीका लागि विदेश गएकी छिन् । थिङ भीमफेदी कारागारमा छन् ।