हेटौंडाः हेटौंडा अस्पताललाई ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आइतबार अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । हेटौंडा अस्पताललाई नेपाल–भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा रहने एम्बुलेन्स अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री खतिवडाले अस्पतालमा आवश्यक पर्ने सेवा उपलब्ध गराउने बताउनुभयो । मन्त्री खतिवडाले हेटौंडा अस्पतालमा सेवा सुविधा क्रमशः विकास हुँदै गइरहेकोले आवश्यक सहयोग गर्ने बताउनुभयो । रेविज विरुद्धको खोप निशुल्क उपलब्ध गराई नागरिकलाई सेवा दिएको बताउनुहुँदै स्वास्थ्य क्षेत्रको सुधारमा आफु सधैँ लागी पर्ने बताउनुभयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, नेकपा एकीकृत समाजवादी मकवानपुका अध्यक्ष श्रीधर पोखरेल, प्रदेश स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठ, डा. हरिबहादुर खड्का लगायतको आतिथ्य रहेको थियो ।