फाइल तस्बिरः जिल्ला अदालत मकवानपुर ।

हेटौंडाः मकवानपुरमा आज आइतबार बन्दी प्रत्यक्षीकरणबाहेक अन्य कुनै पनि मुद्दामा बहस नुहुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध निरन्तरण आन्दोलनरत मकवानपुरका कानुन व्यवसायीले आइतबार अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दामा बहस नगर्ने भएको हुन् ।

उच्च अदालत बार एसोसिएसन हेटौंडा र मकवानपुर जिल्ला अदातल बार एसोसिसयनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दामा बहस नहुने जनाएको छ । नेपाल बार एसोसिएसनले शुक्रबार संघर्षका नयाँ कार्यक्रम घोषणा गर्दै सर्वोच्च अदालत परिसरमा भएको प्रहरी दमनको बिरोधमा आइतबार बहस–पैरवी बहिष्कार गर्ने निर्णय गरेको मकवानपुर जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता ऋषि केबीले बताउनुभयो । बारको सल्लाहकार समितिको बैठकपछि केन्द्रीय समिति बैठक बसेर बारले एक साताका लागि संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको पनि अध्यक्ष केबीले बताउनुभयो ।

मंगलबार देशभरका अदालतमा दर्ताको अन्तिम म्याद भएका बाहेकका मुद्दा दर्ता नगर्ने निर्णय पनि बारले गरेको जनाइएको छ । बुधबार देशभरका उच्च अदालतमा केन्द्रीय प्रतिनिधि खटाएर बिरोधसभा गर्ने भएको छ । बुधबार देशभरका उच्च अदालतमा केन्द्रीय प्रतिनिधि खटाएर विरोधसभा गर्ने भएको हो । बुधबार हुने बिरोध कार्यक्रममा मकवानपुरमा मकवानपुर र चितवनका कानून व्यवसायीहरू संयुक्तरुपमा सहभागी हुुने मकवानपुर जिल्ला बार एसोसिएसनका अध्यक्ष केबीले जानकारी दिनुभयो ।