हेटौंडा : १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट शुक्रबार ३६ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
२७ जना पुरुष र ९ जना महिलाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।