जिल्ला छनोटमा सहभागी खेलाडीहरु ।

हेटौंडाः विपुल खनालको कप्तानीमा मकवानपुर क्रिकेट संघले जिल्लाको यु–१९ टिमको घोषणा गरेको छ ।

तिहारअघि छनोटको तयारी गरेको संघले मंगलबार १४ सदस्यीय यु–१९ टिमको घोषणा गरेको हो । टिमको उपकप्तान सारांश गौतम चयन भएका छन् भने सक्षम बास्ताकोटी विकेटकिपर चुनिएका छन् । प्रशिक्षक रविन गुरुङ, टिम व्यवस्थापकमा सन्देश ढकाल र मेन्टरमा रामनरेश गिरीलाई जिम्मेवारी दिइएको छ ।

दुई खेलाडीलाई वैकल्पिकको सूचिमा राखेको छ । यु–१९ टिमले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछ ।