समिती गठनपछि सामूहिक तस्बिर ।

हेटौंडाः जनप्रिय माध्यमिक विद्यालय हेटौंडा–१६ को दिव्यसेवा बालक्लबको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत छात्रा सलिना गुर्माछान सर्वसम्मत चयन भएकी छन् । दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थल रातोमाटेमा सम्पन्न एक समारोहमा उनी अध्यक्षमा चयन भएकी हुन् । दिव्य बाल क्लबका सदस्यहरुको भेलाले क्लबलाई पुनर्गठन गरिएको हो ।

क्लबको उपाध्यक्षमा पवित्रा विश्वकर्मा, कोषाध्यक्ष रूपा थापा, सचिव गोविन्द पटेल र सदस्यहरुमा श्रेया बोहरा, आशिका विश्वकर्मा, सुशान्त जम्कटेल, प्रकृति पौडेल, सोनिया थिङ, निरुता पाण्डे, प्रसिद्ध दहाल, खुशी खातुन, आरब बलामी, सम्पदा तिमल्सिना, स्वस्तिका सिन्तान, सुरेश जिम्बा र अनिष गुरुङ चयन भएका छ्न् । कार्यक्रममा दिव्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष टीआर निरौला, जिल्ला अध्यक्ष यादव गजुरेल, उपाध्यक्ष शुभलक्ष्मी वाइवा, सदस्य राजु अधिकारी र शिक्षकहरु बिदुर सापकोटा, कृष्णप्रसाद अधिकारी र युक्तलाल विश्वकर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । बाल क्लबका विद्यार्थीहरुले आश्रमको अवलोकन भ्रमण गर्नुका साथै आमाबुवाहरुसँग भलाकुसारीसमेत गरेका थिए ।