हेटौंडाः मकवानपुरमा मंगलबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३३ जनामा गरिएको पिसीआर परिक्षणमा ६ जनामा र १७ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । हाल संसथागत आइसोलेसनमा ६ जना र होमआइसोलेसनमा ७९ जना कोरोना संक्रमित रहेका छन् ।
यस्तै, मंगलबार होम आइसोलेसनमा बस्ने २ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । यो संगै जिल्ला भरी कोरोना मुक्त हुनेको कुल सङ्ख्या १५ हजार ६७ जना पुगेको छ । हाल जिल्लाभरी ८५ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।