हेटौंडाः राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले आइतबार पत्रकार सम्मेलन गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका सचिव कृत्तन श्रेष्ठ दुवालले प्रेस विज्ञप्ति मार्फत महासंघको चौथौं साधारणसभा र दोस्रो अधिवेशन मंसिर २४ र २५ गते हुने बताउनुभएको छ ।
कोभिड महामारीलाई मध्यनजर गरी सम्बन्धीत निकाय समक्ष खबरदारी गर्दै अपाङ्गता भएको व्यक्तिहरुको जिवन रक्षाको निम्ति महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । बागमती प्रदेशमा करिब ९८ हजार अपाङ्गता भएका व्यक्तिहरु रहेको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले बताउनुभयो । प्रदेशमा १३७ वटा अपाङ्गता संस्था अवद्ध रहेपनि ६८ वटाले मात्र नविकरण गरेको बताउनुभयो ।
विधानमा १९ सदस्यीयको कमिटी हुनुपर्ने प्रावधान रहेपनि जम्मा १४ जनाको कमिटी रहेको लम्सालले बताउनुभयो । महासंघको पहलमा बागमती प्रदेशको १ सय १९ स्थानीय तहमा समुदायमा अधारित पुस्र्थापना कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन भएको दुवालले बताउनुभयो । मंसिरमा हुने निर्वाचनका लागि अपाङ्गता भएका व्यक्तिहरुको विविधतालाई मध्यनजर गरी पहुँचयुक्त भोटिङ् मेसिन प्रयोगको व्यवस्था मदतानमा मिलाईने बताउनुभयो ।