हेटौंडाः सी डिभिजन लिग छनोट खेलमा मकवानपुरको एफसी विजय युथ क्लब पराजित भएको छ । मंगलबार बिहान ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा एफसी विजय युथ पराजित हुन पुगेको हो ।

समूह चरणको पहिलो खेलमा भ्याली इगल्स क्लबसँग एफसी विजय युथ १–० गोलअन्तरले पराजित भएको हो । निर्धारित ९० मिनेटको खेल अवधिमा गोलरहित बराबरीको स्थिति थियो । इन्जुरी समयको तेस्रो मिनेटमा भ्याली इगल्स क्लबका नवीन कुमार यादवले गोल गर्दै जीत दिलाएका हुन् । चौधरी म्यान अफ दि म्याच घोषित भए ।