हेटौंडाः हेटौंडामा शनिबार २६ जनाले रक्तदान गरेका छन् । संविधान दिवस २०७८को अवसरमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।
बागमती प्रदेश युवा परिषद् हेटौंडाकोे समन्वय तथा रक्त संचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १ महिलासहित २५ पुरुषहरुले रक्तदान गरेको रक्त संचार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो ।
बागमतीमा प्रदेश युवा परिषद कार्यालयका कार्याकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यतामा भएको कार्याक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।