हेटौंडाः नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कमिटिको कार्यालय आज उद्घाटन गरिएको छ ।

नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला अध्यक्ष तथा बागमती प्रदेश माननीय प्रेम बहादुर पुलामीले एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै उनले एमसीसी देशको हित विपरीत रहेको बताए । ‘हामी सबैले गो ब्याक एमसीसी भन्न सकौं’, पुलामीले भने, ‘माओबादी उत्पीडित वर्गहरुको अधिकारको लड्ने पार्टी हो । एससीसीको बिपक्षमा हमी लड्छौं ।’ माओवादी राष्ट्र, राष्ट्रियता र जनाधिकारको लागि बलिदान गरेर आएको बताउँदै उनले जनताको हित बिपरितको सन्धी सम्झौतामा माओवादीले कुनै हस्ताक्षर नगरेको बताए ।

५ नम्बर वडा कमिटी अध्यक्ष देबीप्रसाद गौतमको अध्यक्षतामा भएको वडा कार्यलय उद्घाटन कार्यक्रममा माओवादी केन्द्र मकवानपुर प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन, उपमहानगरपालिका पार्टी कमिटी इन्चार्ज विवेक राई, जिल्ला समन्वय सचिवालय सदस्य ज्ञान सागर भोलन, जिल्ला कमिटी सदस्य कृष्ण सुवेदी, नगर कमिटी सदस्य झलक सुवेदी, ५ नम्बर वडा कमिटी ईन्चार्ज केशव घिमेरे लगायतको आतिथ्यता रहेको थियो ।