समर्पण न्यौपाने

हिमाल,पहाड, तराई
देशको हरेक कुना कन्दरा
सुनाउन तयार छ आफ्नै कथा
बजाउन तयार छ आफ्नै गीत
बोकेर उन्मुक्तिको कलम
लेख्न तयार छ

इतिहासको अध्याय।
अध्याय जसमा
गाढा अक्षरले लेखिएको होस्
तिम्रो अस्तित्व
मेरो अस्तित्व
र अस्तित्व संस्कृतिहरूको।
मादल, सारङ्गी, डम्फु
बजाएरै हुन्छ

सुरुवात सुनौलो बिहानीको
आह्वान एकताको हुन्छ
रोदीमा छम्छमी नाँचेर
आऊ मित्र

आज मज्जाले गाएर देउडा
निर्धक्क नाँचेर मारूनी
जोडौँ पूर्व पश्चिम
जोडौँ उत्तर दक्षिण
र बनाऔँ सिङ्गो देश

जहाँ नभिरी कुनै विल्ला
नबोकी कुनै झोला
बोक्न पाइयोस्
निष्फिक्री आफ्नै संस्कृति
निष्फिक्री आफ्नै अस्तित्व।
थ्यग कभलत