हेटौंडाः सोमबार हेटौंडामा गणपति बाबा बचत तथा ऋण सहकारीको आयोजनामा ट्राफिक नियम सचेतना तथा तीज विशेष कार्यक्रम भएको छ । गणपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णुप्रसाद घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा गणपति सहकारीका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रसाद थापा, गोकर्ण नेपाल, ध्वसी कपुर चौधरीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रसाद थापाले ट्राफिक नियमहरुको जानकारी गराउनु हुँदै नियम पालना गर्न आग्रह गर्नुभयो । उहाँले अटो/मयूरी चलाउन चालक अनुमतिपत्र अनिवार्य लिन आग्रहसमेत गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकामा अटो/मयूरी चलाउने महिलाहरुलाई स्वागत तथा खादा ओढाएर सम्मान गरिएको छ । सहकारी संस्थाका अध्यक्ष कल्पना श्रेष्ठ तथा बिष्णुप्रसाद घिमिरेले मयूरी चालकलाई प्रमाणपत्र तथा खादा लगाएर सम्मान गर्दे नाचगान गरेर रमाइलो गरिएको थियो ।