हेटौंडाः मकवापनुरको बागमती गाउँपालिका वडा नम्बर ३ को कांग्रेस सभापतिमा अर्थमान पाख्रिन सर्वसम्मत चयन भएका छन् ।

यस्तै उपसभापतिमा सुनाजित भोम्जन, विर बहादुर गोले, सहसचिवमा विजय रुम्बा, पञ्चलाल लोप्च चयन भएको वडा निर्वाचन अधिकृत ज्ञान बहादुर राईले बताउनुभयो । २२ सदस्यीय वडा कमिटी चयन भएको उहाँले बताउनुभयो । बामगती ३ नम्बर वडामा ३६ जनाले कांग्रेसको क्रियाशिल सदस्यता लिएका थिए । २ जनाले पुरानो सदस्यता नवीकरण गरेका थिए भने ३४ जनाले नयाँ सदस्यता लिएका थिए ।