हेटौंडाः हेटौंडा १५ मा विभिन्न पार्टी परित्याग गरि ४२५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । सङ्घीय समाजबादी को जिल्ला सदस्य राजेन्द्र वाईवालगायत स्थानीय समाजसेवी दिपक ब्लोन, आइजित भोम्जन, सिंह घलान, उत्तम भोलन, मेजर सिंह मोक्तान, लालबहादुर भोम्जन मनोज भोम्जन, जीवन श्रेष्ठ, रामशरण बिश्वकर्मा, सन्जय भोम्जन सहित ४२५ जना एमालेका प्रवेश गरेका हुन् ।

नेकपा एमालेको केन्द्रिय सदस्य एबम बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सोचले नै देशको उन्नति र प्रगती हुने बताउनुभयो । एमालेलाई चुनौती दिने कुनै पनि नभएको उहाँको भनाई थियो । एमालेको नेतृत्वमा बनेको जस्तो बिकास बिगतका सरकारले र बर्तमान सकारले पनि गर्न नसक्ने बताउनुभयो । एमाले नेतृत्व सरकारले गरेको जस्तो बिकास बिगतमा किन हुन सकेन भन्दै उहाँले प्रश्न गर्नुभयो ।

पौडेलले एमाले सङ स्पष्ट भिजन रहेको भन्दै सतिसाल जस्तै कहिले नढल्ने स्पष्ट पार्नुभयो । अहिले पार्टी चोइट्याएर जानेहरु गाउँ छिरेर भ्रम छर्न सक्नेप्रती सचेत हुन आग्रह गर्नुभयो । जनताबाट अनुमोदित सरकारलाई गिराउने, स्वार्थका लागि पार्टी फुटाउने जनताका नेता हुन नसक्ने भन्दै सदैब घृणाका पात्र हुने उहाले बताउनुभयो ।

एमाले १५ नम्बर वडाकमिटी पर्सबहादुर भुजेलको सभाध्य्क्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दाहाल, प्रदेशका सदस्य तथा जिल्ला समन्वय मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा हेटौडा उ।म।न।पा। मेयर हरि बहादुर महत, जिल्ला कमिटी सदस्य इन्द्रमान स्याङतान, मेनुक़ा दाहाल, सानु लामा, सुनिल लोपचन, नगर कमिटी अध्यक्ष सालिकराम पुडासैनि, नगर कमिटी सदस्य पदम बहादुर लो, राधिका स्याङतान, जुना दंगाल, डिल बहादुर घिमिरे, वडा जनप्रतिनिधि पालतीमाया गोङबा, चुरियामाई पूर्व गाबिस अध्यक्ष प्रेम बहादुर भोम्जनलगायत सहभागी हुनुहुन्थ्यो ।