हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले आजबाट वडा अधिवेशन सुरु गरेको छ । मकवानपुरको १०२ वडामा वडा अधिवेशसन भइरहेको छ । अधिकांश वडामा पदाधिकारी सहमतिमा चयन भएका छन् ।

मकवानपुरको बकैया गाउँपालिकाको १२ वडामध्ये ३ वडामा मात्र विवाद भएको कांग्रेस बकैया गाउँपालिकाका सभापति भूमिनन्द गौतमले बताउनुभयो । उहाकाँ अनुसार बकैया गाउँपालिकाको वडा नम्बर ६, ७ र १० नम्बरमा कांग्रेस क्रियाशिल सदस्यहरुको घम्साघम्सी परिरहेको छ । यस्तै वडा नम्बर १, २, ३, ४, ५, ८, ९, ११ र १२ मा भने सहमतिमा वडा कमिटी चयन भएका छन् ।

बकैया–१ मा बुद्ध ब्राम्ह सभापति बनेका छन् । उनको सभापतिमा २२ सदस्यीय कमिटी चयन भएको छ । यस्तै बुथ प्रतिनिधि १३ जना चयन भएका हुन् । यस्तै वडा नम्बर २ को सभापतिमा चन्द्र बहादुर जिम्बा चयन हुँदै २२ सदस्यीय कमिटी बनेको छ । २ नम्बर वडाबाट बुथ प्रतिनिधि चयन भइरहेको छ । यस्तै बकैया–३ मा भक्त बहादुर भ्लोन सभापति बनेका छन् । ४ नम्बर वडा सभापतिमा सुनिल भोम्जन, ५ नम्बर सभापतिमा अमृत थिङ, ८ नम्बर सभापतिमा इन्द्र बहादुर दोङ, ९ नम्बर सभापतिमा तिर्थलाल रुम्बा, ११ नम्बर वडा सभापतिमा इन्द्र बहाुदर स्याङतान र १२ नम्बर वडा सभापतिमा थिङ बहादुर रुम्बा चयन भएका छन् ।

विवाद भएको ३ वडामा अहिले छलफल चलिरहेको कांग्रेस बकैया गाउँपालिकाका सभापति गौतमले बताउनुभयो । आजै ३ वडाको पनि टुंगो लाग्ने उहाँले बताउनुभयो ।