हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार मास्क नलागाई हिड्ने ६ जनालाई एक–एक सय रुपैयाँ जरिवाना गरेर छोडेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञाको उल्लंघन गरेका उनीहरुलाई प्रहरीले जरिवाना गरेको हो । प्रहरीले शुक्रबार १७८ थान मास्क वितरण समेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।